यस्तो पनि

पेन्सन खान आमाको शव लुकाउने छोरा !

Birgunj Metropolitan Notice

अष्ट्रियामा एकजना पुरुषले आफनी आमाको लाशलाई ममि प्रविधिबाट सुरक्षित अवस्थामा एक वर्ष आफ्नो घरको तहखानामा लुकाएर राखेको प्रहरीले जनाएको छ ।

निरन्तर आमाको पेन्सन पाइरहने लोभमा उनले यस्तो काम गरेको अनुसन्धानबाट खुलेको छ । स्मरण शक्ति गुम्ने रोगबाट पिडित ति ८९ वर्षिया वृद्धाको गत वर्षको जुनमा प्राकृतिक कारणबाटै निधन भएको हुनुपर्ने अनुमान गरिएको छ ।

६६ वर्षिय छोराले लाशलाई जतनका साथ ब्यान्डेज लगाएर र गन्हाउन नदिन आइस प्याक प्रयोग गरेर भुमिगत तल्लामा लुकाएर राखेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

प्रहरीले नाम नखुलाइएका उनले गैरकानुनी ढंगले करिव ५० हजार युरो पेन्सन वापत सरकारबाट बुझेको हुनुपर्ने बताएको छ । पश्चिमी टाइरोल क्षेत्रको उनको घरमा नयाँ हुलाकीलाई पेन्सन बुझाउन जाँदा वृद्धासंग भेट गराउन अस्विकार गरिएपछि ठग छोरोको भण्डाफोड भएको प्रहरीले जनाएको छ ।

आम्दानीको कुनै श्रोत तथा अन्त्येष्टि र घर चलाउन समेत खर्च नभएकाले उनले यो अपराध गरेको स्विकारेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button