देशमुख्य खबर

सत्ता गठबन्धनमा पद बाँडफाँटको रस्साकस्सी : होला त आज मन्त्रिपरिषद् विस्तार ?

Thrill Factory
Rungta Group

काठमाडौं सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालयमा बाँडफाँटको तयारी तीव्र पारेका छन् । मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा प्रधानमन्त्री शेरबहादुर देउवाले २ महीना बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

गठबन्धनका नेताहरुबीच पदको भागबण्डा मिलेमा आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ । “कुन मन्त्रालय कुन दलले पाउने भन्ने निर्णय अझै भइसकेको छैन,” स्रोतले भन्यो, “केही मन्त्रालयमा सबै दलको दाबी छ । पहिले कुन मन्त्रालय कुन पार्टीले पाउने भन्नेमा सहमति हुनासाथ मन्त्रीको शपथ तत्कालै भइहाल्नेछ ।”

अहिले भएका मन्त्रीको कार्यविभाजन पनि हेरफेर हुन सक्ने बताइएको छ । आजै बस्ने सत्ता गठबन्धनका नेताको बैठकले मन्त्रालयको भागबण्डा गर्न सकेमा बेलुकासम्ममा शपथ हुन सक्नेछ ।

कांग्रेसबाट नारायण खड्का, डा मीनेन्द्र रिजाल, पुष्पा भुसाल, सुजाता कोइराला, उमाकान्त चौधरीलगायतका नेताको चर्चा रहेको छ ।

त्यस्तै सत्तारुढ नेकपा (एकीकृत समाजवादी) ले उपसभामुख पाउनुपर्ने अडान राखेको छ । उपसभामुखसहित ७ मन्त्रालयमा दाबी रहेको स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार सत्तारुढ दलको बैठकमा सात मन्त्रालयको विषयमा कुराकानी भए पनि ६ मन्त्रालय दिने तयारी गरिएको बताइएको छ । त्यसमध्ये शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, भवानी खापुङ, विरोध खतिवडा, किसान श्रेष्ठ, सरला यादवलगायतको नाम चर्चामा छ ।

उपसभामुख पनि आफ्नो पार्टीले लिने विषयमा कुराकानी भएको छ । तर यस विषयमा भने कुनै निर्णय भएको छैन ।

माओवादी केन्द्रले मन्त्रालयको भागबण्डा मिलेपछि मात्रै मन्त्रीका विषयमा निर्णय गर्ने तयारी गरेको छ । यसअघि बसेको बैठकले मन्त्रीको नाम टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिएको थियो ।

त्यस्तै जनता समाजवादी पार्टीले पनि मन्त्रालय हेरेर उपेन्द्र यादवको नेतृत्वमा जाने कि राजेन्द्रप्रसाद श्रेष्ठको भन्ने विषयमा निर्णय गर्ने एक नेताले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button