खबर फटाफटप्रदेश

हुम्ला पुग्यो चीनसँगको सीमा विवाद अध्ययन समितिको टोली

Thrill Factory
Rungta Group

हुम्ला– उत्तरी छिमेकी मुलुक चीनसँगको सीमा विवादबारे अध्ययन गर्न सरकारले गठन गरेको अध्ययन समिति शनिबार हुम्ला पुगेको छ ।

शनिबार हुम्ला सदरमुकाम सिमीकोटमा राजनीतिक दलका प्रतिनिधि, कार्यालय प्रमुखहरुसँगको छलफलपछि टोली सीमा क्षेत्र प्रस्थान गरेको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले खबरहबलाई जानकारी दिए ।

गृह मन्त्रालयका सहसचिब जयनारायण आचार्य संयोजक रहेको अध्ययन समितिको टोलीले हुम्लाको नाम्खा गाउँपालिकाको लिमी क्षेत्रको सीमा अवलोकनका लागि त्यसतर्फ गएको छ । अध्ययन टोलीले १५ वटै सीमा स्तम्भको स्थलगत अवलोकन गर्नेछ ।

गत वर्ष लिमी क्षेत्रमा चीनले नेपाली भूमि मिचेको सार्वजनिक भएको थियो । त्यतिबेला तत्कालीन हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारीले चीनले नेपाली भूमिमा भवन भएको देखिएको बताएका थिए ।

तर, तत्कालीन ओली सरकारले भने चीनसँग कुनै सीमा विवाद नरहेको बताएको थियो । चीनले पनि कुनै सीमा विवाद नरहेको बताएको थियो ।  तत्कालीन प्रतिपक्षी दल नेपाली कांग्रेसका कर्णाली प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीको टोलीले सीमा क्षेत्रको अवलोकनपछि चीनले सीमा मिचेको कांग्रेस केन्द्रीय कार्यालयमा प्रतिवेदन दिएको थियो ।

अहिले कांग्रेसले सरकारको नेतृत्व गरिरहेका बेला विवाद अध्ययनका लागि समिति गठन भएपछि पनि चीनले सीमा विवाद नरहेको बताएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button