No Image Headlineअर्थखबर फटाफटमुख्य खबर

अर्थमन्त्री शर्माले एमसीसी उपाध्यक्षलाई भने : अनुमोदनबारे दलहरुबीच छलफल जारी छ

Thrill Factory
Rungta Group

काठमाडौ– अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मासँग शनिबार शिष्टाचार भेट गरेकी छन् ।

सो भेटका अवसरमा फातिमाले एमसीसी कम्प्याक्ट छिटो अनुमोदन गर्न आग्रह गरेको अर्थमन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार फातिमाले २०१७ मा हस्ताक्षर भएको सो एमसीसी कम्प्याक्ट कार्यान्वयनका लागि छिटो संसदबाट अनुमोदन गर्नुपर्ने बताएकी थिइन् ।

जवाफमा अर्थमन्त्री शर्माले यो सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा राजनीतिक दलहरुसँग छलफल भइरहेको बताएका छन् ।

अर्थमन्त्रालयले केही दिन अगाडि एमसीसी कम्प्याक्टबारे एमसीसीलाई लिखित ११ वटा प्रश्न सोधेको थियो । एमसीसीले पनि ती प्रश्नको उत्तर लिखित रुपमै दिइसकेको छ । उपाध्यक्ष फातिमा गत बिहीबार ४ दिने नेपाल भ्रमणका लागि काठमाडौँ आएकी थिइन् ।

काठमाडौँमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपाका संघीय परिषद् संयोजक डा बाबुराम भट्टराई तथा अध्यक्ष उपेन्द्र यादवसँग भेट गरिसकेकी छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button