खबर फटाफटप्रदेश

महानगर प्रमुख सरावगीद्वारा सडक र नाला शिलान्यास

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्ज माहानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ११ मा निर्माण गर्न लागिएको सडक ढलान र नाला निर्माणको शिलान्यास गरेका छन् ।

नगरस्तरीय बजेटबाट वडा नम्बर ११ श्रीपुरमा निर्माण हुन लागेको ढलान सडक र नालाको शनिबार नगरप्रमुख सरावगीले शिलान्यास गरेका हुन् ।

सडक ढलान तथा नाला निर्माणको शिलान्यास गर्दै नगरप्रमुख सरावगीले बर्षौदेखि जीर्ण अवस्थामा रहेको त्यस क्षेत्रमा सडक र नाला निर्माणपछि आवत जावतमा सहज हुने बताए । उनले सडक र नाला निर्माणपछि पानीको पनि उचित निकास भई डुबानको समस्याबाट मुक्त हुने बताए ।

वडा नम्बर ११ का वडा अध्यक्ष प्रद्युम्न सेढाँइको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेस यादव, सचिव तबरेज अहमदलगायतको उपस्थिति थियो ।
यस्तै महानगर प्रमुख सरावगीले शनिबार नै रक्तदान कार्यक्रमको पनि उदघाटन गरेका छन् । वीरगन्ज सिटी मार्केटले आयोजना गरेको रक्तदान कार्यक्रमको सरावगीले उदघाटन गरेका हुन् ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button