खबर फटाफटप्रदेश

वीरगञ्ज महानगर प्रमुख विजयकुमार सरावगी अनुगमनमा व्यस्त

Thrill Factory
Rungta Group

वीरगञ्ज- वीरगञ्ज महानगरपालिका नगर प्रमुख विजयकुमार सरावगी समुदायसँग भेटघाट गरी समस्याको जानकारी लिनुका साथै नगर स्तरीय योजना निर्माणको अनुगमनमा व्यस्त भएका छन् ।

महानगर प्रमुख सरावगीले शुक्रबार वीरगंज माहानगरपालिका वार्ड नम्बर १७ का मुस्लिम समुदायका अगुवाहरुको निमन्त्रणामा अलौस्थित जामे मस्जिदमा भेटघाट गरी विभिन्न समस्याहरुको बारेमा जानकारी लिएका छन् ।

समस्याको जानकारी लिएपछि समाधानका लागि स्थानीय अगुवाहरुसँग पनि छलफल भएको प्रमुख सरावगीको सचिवालयले जनाएको छ ।

छलफलपछि वडा नम्बर १७ मा नगरस्तरीय बजेटबाट निर्माण भइरहेका योजनाहरुको स्थलगत अनुगमन पनि भएको सचिवालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button