No Image Headlineदेश

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमाबीच भेटवार्ता

Thrill Factory
Rungta Group

काठमाडौ– प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डलबीच शुक्रबार भेटवार्ता भएको छ । शुक्रबार बालुवाटारमा प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको हो ।

नेपाल र एमसीसीबीच भएको ५ मिलियन अमेरिकी डलर अनुदान सहयोग सम्झौता एमसीसी कम्प्याक्ट संसदबाट अनुमोदन हुन नसकिरहेका बेला एमीसीकी उपाध्यक्ष नेपाल आएकी हुन् ।

बिहीबार त्रिभुवन विमानस्थलमा ओर्लिएकी फातिमाले प्रधानमन्त्री देउवासँग भेट्नुअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष माधवकुमार नेपाल, सत्तारुढ गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका अध्यक्षहरुसँग भेटेकी थिइन् ।

ती सबै भेटमा एमसीसी कम्प्याक्ट अनुमोदन गर्न सहयोग मागेकी उनले शुक्रबार प्रधानमन्त्री देउवासँगको भेटमा पनि अनुमोदनबारे चासो राखेकी छन् । प्रधानमन्त्री देउवा र एमसीसी प्रतिनिधिमण्डलबीच एमसीसीले नेपालको आर्थिक विकास दिने योगदानबारे चर्चा भएको बालुवाटार निकट स्रोतले जनाएको छ ।

एमसीसी अनुमोदन नगर्न सत्तारुढ गठबन्धनकै दलहरुभित्र दबाब रहेकाले प्रधानमन्त्री देउवा चेपुवामा परेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button