No Image Headlineखबर फटाफटदेशमुख्य खबर

एमाले सांसदको अवरोधपछि संसद बैठक स्थगित

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेका लागि स्थगित गरिएको छ ।

एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको आरोप लगाउँदै एमालेका सांसदहरूले संसद बैठक अवरोध गर्दै आएका छन् ।

शुक्रबारको बैठकमा पनि एमालेका सांसदहरूले रोष्टम अगाडि उभिएर नाराबाजी गरेर अवरोध सृजना गरेपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button