No Image Headline

एमसीसी उपाध्यक्षलाई ओलीको जवाफ-सरकारको धारणापछिमात्र मेरो धारणा दिन्छु

Thrill Factory
Rungta Group

काठमाडौं नेपालको ४ दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आइपुगेको अमेरिकी मिलेनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) को प्रतिनिधिमण्डल र प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग बुधबारै भेटवार्ता भएको छ ।

एमसीसी उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल ओलीसँग छलफलका लागि ओली निवास बालकोट पुगेको थियो ।

बालकोटमा भएको २ घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले एमसीसी कम्प्याक्टबारे सरकारको धारणा आएपछिमात्र एमालेले धारणा बनाउने बताएका छन् ।

सो भेटमा सहभागी एमाले विदेश विभाग प्रमुख राजन भट्टराईका अनुसार एमसीसी प्रतिनिधिमण्डलसँगको छलफलमा ओलीले एमसीसी कम्प्याक्ट अनुमोदन गर्ने विषयमा सरकारले आफूसँग कुनै छलफल नगरेको जनाएका थिए ।

उनले आफू सरकारमा रहँदा अनुमोदनको प्रयास गरेको तर आफ्नै पार्टीका केही नेताहरुका कारण हुन नसकेको बताएका थिए । उनले सरकारले धारणा बनाएपछि एमालेले पनि आफ्नो धारणा बनाउने जवाफ एमसीसी प्रतिनिधिमण्डललाई दिएका हुन् ।

ओली प्रधानमन्त्री हुँदा एमसीसी कम्प्याक्ट अनुमोदनको प्रयास भएको थियो । तर, तत्कालीन नेकपामा प्रचण्डलगायतका नेताहरुले कडा विरोध गरेका थिए । अहिले पनि एमसीसीको विरोधमा रहेका एमाले उपाध्यक्ष भीम रावल ओलीसँगै छन् ।

सरकारबाट हटेपछि ओलीले एमसीसीबारे आफ्नो पूर्वअडान परिवर्तन गरेका छन् । उनले देउवा सरकारसँग बहुमत छ अनुमोदन गरे भैगो नि भन्ने गरेका छन् ।

नेपालमा रहँदा एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुसँग भेट्ने छ । पहिलो भेट एमाले अध्यक्ष ओलीसँग गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button