
वीरगञ्ज- वीरगञ्ज माहानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर १८ मा रहेको गीता गजेन्द्र जोशी माध्यामिक विद्यालयको नवनिर्मित भवनको उदघाटन गर्नुभएको छ ।
महानगरपालिकाको नगरस्तरीय बजेटबाट निर्माण गरिएको चारकोठे पक्की भवनको आज एक कार्यक्रमकाबीच नगरप्रमुख सरावगीले उद्वघाटन गर्नु भएको होे ।


भवन उदघाटन गर्दै महानगर प्रमुख सरावगीले शिक्षा, स्वास्थ्य र मानवता आफ्नो प्रमुख प्राथामिकतामा रहेको बताउनुभयो । उहाँले विद्यालय स्थापनाका लागि जग्गा दाताहरुको योगदान अतुलनीय रहेको बताउदै शिक्षाको गुणस्तरमा ध्यान दिएर दक्ष जनशक्ति उत्पादनमा विद्यालय र व्यावस्थापन समितिहरुको महत्वपूर्ण भूमिका हुनुपर्ने बताउनुभयो ।
उहाँले विद्यालयको थप एक तल्लाको यसै आर्थिक बर्षमा निर्माण गर्न सम्बन्धित प्राबिधिकलाई निर्देशन समेत दिनु भएको छ ।
नगर प्रमुख सरावगीले वडा नम्बर २४ श्मशान घाट नजिक निर्माणाधिन स्व. आत्माराम दुखा सहनी स्मृति भवन को अनुगमन निरीक्षण गर्नुभएको छ । आज नगरप्रमुख सरावगी सहितको टोलीले भवन निर्माणको स्थलगत अनुगमन गर्नु भएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।