देश

जनतालाई झुक्याएर एमसीसी सम्झौता अनुमोदन गराउने षडयन्त्र : रावल

Thrill Factory
Rungta Group

काठमाडौ– नेकपा एमाले नेता भीम रावलले जनतलाई झुक्याएर एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्र भएको दाबी गरेका छन् ।

एमसीसी परियोजनाबाट नेपाल सरकारको प्रश्न र मुख्यालयले पठाएको जवाफ जनतालाई झुक्याउने षड्यन्त्रको उपज मात्रै भएको उनको दाबी छ ।

एमसीसीको मुख्यालयले एमसीसी परियोजना नेपालको संविधान र सार्वभौमिकताभन्दा माथि नरहेको तथा सम्झौता भइसकेको परियोजना संसोधन पनि हुन नसक्ने जवाफ पठाएको केहीबेरपछि रावलले सामाजिक सञ्चालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

एमसीसीमा राखिएका कतिपय प्राबधानको सशक्त प्रतिवाद गर्दै आएका रावलले सरकारले एसीसीलाई लेखेको पत्र र त्यसको जवाफी पत्र दुबैले  सार्वभौमिकता र देशको स्वाधिनतामा विपरीत भएका सम्झौतालाई सम्बोधन गर्ने दाबी गरेका छन्।

‘नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता, सुरक्षा, हित, संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन’, रावलले ट्वीटरमा भनेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button