खबर फटाफटप्रदेश

एमाले फुटेको हैन, काँचुली फेरेको हो : पौडेल

Thrill Factory
Rungta Group

बुटवल- नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पार्टी बिभाजन नभई काँचुली मात्रै फेरेको बताएका छन् ।

बुधवार बुटवलमा प्रेस चौतारी नेपाल रुपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा पौडेलले समाजवादीको नाममा अलग भएकाहरु फुटेर गएका नभई काँचुली मात्रै फेरिएको बताए ।

‘विभाजनको कथित प्रयासलाई नाकाम बनायौं,’ पौडेलले भने, ‘कथित विभाजन सर्पले काँचुली फेरेजस्तो मात्रै हो ।’ नेकपा समाजवादीले देश र जनताका लागि काम गर्न नसक्ने पनि उनले दाबी गरे ।

 

नेकपा एमाले देशकै सबैभन्दा ठूलो राजनीति दल भएकाले पार्टी छोडेर अलमलमा परेका नेताहरुलाई एमालेमै फर्कन उनले आग्रह गरे । एमसीसीका बारेमा सरकारको आधिकारीक धारणा आएपछि एमालेको धारणा तय हुने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button