खेल संसार
जोकोभिच युएस ओपन टेनिसको क्वाटरफाइनलमा

काठमाडौ- विश्व नम्बर एक नोभाक जोकोभिचले युएस ओपन टेनिसको क्वाटरफाइनलमा स्थान बनाएका छन्।



मंगलबार बिहान भएको चौंथो चरणमा अमेरिकाका जेनसन ब्रुक्सबीलाई पराजित गर्दै जोकोभिचले क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।



पहिलो सेट गुमाएका उनले पुनरागमन जित निकालेका हुन् । उनले जेनसनमाथि १-६,६-३,६-२ र ६-२ को सेटमा जित निकाले।



३४ वर्षीय जोकोभिच कीर्तिमानी २१ पटक ग्रान्डस्लाम जित्ने योजनामा छन् ।