यस्ता छन् पैदल हिँड्नुका फाईदा

शारीरिक सक्रियताको सबै भन्दा सरल र सहज प्रकारको विधि भएकाले होला पैदल हिँड्ने विधिलाई संसारका धेरै व्यक्तिहरूले अपनाएका छन् ।



वास्तावमा पैदल हिँड्दा हामीलाई धेरै प्रकारका स्वास्थ्य लाभहरू हुने गर्दछ । शारीरिक तन्दुरूस्तिका साथै धेरै प्रकारका रोग नियन्त्रणमा समेत फाईदा हुने भएकाले आज संसारका धेरै ठाउँहरूमा हिँड्नकै लागि धेरै पार्कहरू बनाईएका छन् ।



यो व्यायाम गर्नका लागि धेरै सामग्री पनि नचाहिने र सजिलै सरलै गर्न सकिने भएकाले यस विधिलाई धेरैले मन पराएका छन् । गर्न सहज यस व्यायाम विधिको निम्नलिखित लाभहरू छन्।



तौल कम गर्दछ । फोक्सोको कार्यक्षमतालाई बढाउदँछ । प्रतिरक्षा प्रणालीलाई सशक्त बनाउदँछ । चाडै बुढो हुनबाट बचाउँदछ। क्यान्सर रोकथाममा मद्दत गर्दछ । मधुमेहलाई नियन्त्रण गर्दछ । मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। खाना पचाउनमा सहयोग पुर्याउँदछ ।
रक्तचाप नियन्त्रण गर्न मद्दत गर्दछ । मानसिक ताजगी महसुस गराउँदछ । दीर्घ रोगहरूलाई जित्न मद्दत गर्दछ। मस्तिष्क घातको जोखिमलाई कम गराउँदछ।
तनाव कम गर्दछ।शरीरिक असक्षमताहरूमा राम्रो फाईदा पुर्याउँदछ। भेरीकोज भेन हुन दिँदैन ।विस्मृतिको समस्या चाडै आउँन दिँदैन । खराव, एलडीएल कोलेस्टेरोल कम गर्न मद्दत गर्दछ ।
राम्रो, एचडीएल कोलेस्टेरोल बढाउन सहयोग गर्दछ । जोर्नीहरूलाई जाम हुन दिँदैन। उर्जावान बनाउँदछ । दीर्घजीवी बनाउँदछ। रचनात्मक बनाउँदछ।