देश

एमाले-जसपा विभाजन : जनप्रतिनिधिले दल रोज्ने आज अन्तिम दिन

Thrill Factory
Rungta Group

काठमाडौ- राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोजी सक्नु पर्ने समयावधी आज सकिँदै छ ।

२० प्रतिशत सांसद तथा केन्द्रीय सदस्य भएकै आधारमा दल विभाजन गर्न मिल्ने गरी सरकारले सिफारिस गरेको अध्यादेश राष्ट्रपतिले भदौ २ मा जारी गरेपछि नेकपा एमाले र जनता समाजवादी विभाजन भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी विभाजित भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीमा रोज्न जनप्रतिनिधिलाई निर्वाचन आयोगले आजसम्मको समयावधि दिएको थियो ।

यसअवधिमा सातवटै प्रदेशका प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिले धमाधम विभाजित पार्टी रोजिरहेका छन् । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा प्रदेशमा पनि २२ प्रतिशत जनप्रतिनिधि पुगेको उक्त पार्टीका नेताहरुले बताएका छन् । प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा एमालेभन्दा एकीकृत समाजवादी ठूलो दल बनिसकेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button