No Image Headlineअर्थ

५ वर्षमा १३ खर्ब लगानी भित्र्याउने लगानी बोर्डको रणनीति

Thrill Factory
Rungta Group

काठमाडौं- लगानी बोर्डले आगामी ५ वर्षभित्र १० बिलियन डलर अर्थात् १३ खर्ब रुपैयाँबराबरको लगानी भित्र्याउने लक्ष्यसहितको रणनीतिक योजना बनाएको छ ।

‘लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ मूल नाराका साथ दशौं वार्षिकोत्सवको अवसरमा बुधबार बोर्डले सार्वजनिक गर्न लागेको पाँच वर्षे रणनीतिमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मार्फत ८ खर्बसहित १३ खर्ब लगानी भित्र्याउने गरी योजना बनाएको हो ।

‘पाँच वर्षभित्र १० बिलियन डलर लगानी स्वीकृति गर्ने गरी रणनीति तयार गरेका छौं,’ बोर्डका सहप्रवक्ता रमेश अधिकारीले भने, ‘लगानी बोर्डलाई उत्कृष्ट केन्द्र बनाउने र विभिन्न परियोजनामार्फत एक लाख रोजगारी सिर्जना गर्ने लगायत विषय रणनीतिमा छन् ।’

ऊर्जा, यातायात, कृषि, सूचना प्रविधिमा परियोजना अघि बढाउने लक्ष्य राखिएको रणनीतिमा १५ वटा ठूला परियोजनामा सम्झौता गर्ने उल्लेख छ ।

यसका लागि बोर्डले परियोजना चक्र, विदेशमा रहेका दूतावासहरुको समन्वयमा लगानीकर्तामाझ पुग्ने, एकपटक नेपालमा लगानी गर्न आएकाहरुलाई पुनः फर्काउने, संघ, प्रदेश र स्थानीय सरकारबीच साझेदारी र समन्वय वृद्धि गर्ने तथा बोर्डको संस्थागत सुधारमार्फत सेवामा एकद्धार प्रणाली लगायतलाई बलियो बनाउने योजना छ ।

प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाको उपस्थितिमा हुन लागेको वार्षिकोत्सव कार्यक्रममा रणनीतिक योजनाका साथै नेपाल इन्भेस्टमेन्ट गाइड २०२१ र कफी टेबल बुक समेत सार्वजनिक गर्ने कार्यक्रम छ ।

उद्घाटनपछि दिगो पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी लगानीका सम्भावनामा केन्द्रित भई दुईवटा छलफल सत्रहरु सञ्चालन हुने बोर्डले जनाएको छ ।

कोभिड–१९ महामारीपछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोड दिइरहेको सन्दर्भमा ’नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र तथा अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा ‘नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यवस्थापन’ विषयमा दोस्रो सत्र सञ्चालन हुने कार्यक्रम छ ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button