No Image Headlineअर्थमुख्य खबर
गभर्नरलाई अर्थमन्त्रीले भने : शेयर बजारमा नकरात्मक प्रभाव पार्ने नीति नबनाउनू

काठमाडौँ– शेयर बजार लगातार ओरालो लागेपछि अर्थमन्त्री जनार्दन शर्माले चासो लिएका छन् । उनले सोमबार राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग असन्तुष्टि व्यक्त गरेका छन् ।
राष्ट्र बैंकले शेयर धितोमा १२ करोडभन्दा बढी ऋण लिएर शेयरमा लगानी गर्न नपाउने नीति बनाएपछि शेयर बजारमा त्यसको नकरात्मक प्रभाव परेको थियो । सोही विषयलाई लिएर लगानी कर्ताहरुले गभर्नर अधिकारीको राजीनामासमेत मागेका छन् ।


अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई शेयर लगानीकर्ताको मनोबल घट्ने गरी कुनै पनि काम नगर्न निर्देशन दिएका छन् । अर्थमन्त्रीले गभर्नरलाई निर्देशन दिएकी दिन शेयर बजारमा उल्लेख्य सुधार आएको छ ।
आइतबार तीन अंकको गिरावट आएको शेयर बजारमा सोमबार कारोबार सुरु भएदेखि नै लगातार नेप्से परिसूचक बढिरहेको छ । सोमबार लगभग सबै कम्पनीका शेयर मूल्यमा वृद्धि भएको छ ।