खबर फटाफटदेशमुख्य खबर

२४ घण्टामा १ हजार ८९ जनामा कोरोना संक्रमण, २० जनाले ज्यान गुमाए

Thrill Factory
Rungta Group

पछिल्लो २४ घण्टामा थप १ हजार ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार आइतवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २० जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २४८ पुगेको छ । यसैगरी, आइतवार १ हजार ५३४ जना निको भएसँगै हालसम्म ७ लाख २७ हजार १८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार १ ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा ११३ गरी कुल १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button