खबर फटाफटप्रदेश

शीर्ष नेताहरु गुट सञ्चालनमा अभ्यस्त हुँदा कांग्रेस विचार शून्य बन्यो : उपसभापति उपाध्याय

Thrill Factory
Rungta Group

काठमाडौं- नेपाली कांग्रेस पर्साका उपसभापति प्रकाशकुमार उपाध्यायले शीर्ष नेताहरु पार्टीभन्दा पनि गुट सञ्चालनमा अभ्यस्त भएकाले नेपाली कांग्रेस विचार शून्य बनेको बताएका छन् ।

नेता उपाध्यायले आफ्नो फेसबुक पेजमा राजनीतिक विचार र चिन्तनले नै पार्टीलाई एक ढिक्का बनाउने बताएका हुन् ।

उनलेले आफ्नो फेसबुक पेजमा लेखेका छन् – ‘पार्टी एक ढिक्का बनाउने भनेको विचारले हो, व्यक्तिगत स्वार्थले होइन। आफ्नो वा परिवारभन्दा देश र जनताको हितमा सामूहिक स्वार्थले हुने हो। तर, शीर्ष नेतृत्वहरू पार्टिभन्दा पनि आआफ्नो गुट संचालन मा अभ्यस्त रहेकोले अहिले पार्टि विचार शून्य, गुट उपगुटको चरम अवस्था बाट गुज्रिरहेको छ।’

‘सबैको सम्मान र मूल्याङ्कन गर्ने स्वीकार्य नेतृत्व आजको आवश्यक्ता हो। लोकतन्त्रको मर्म भनेको जनता द्वारा जनतका लागि जनउत्तरदायी राजनीतिक प्रणाली हो । तर, आजभोली लोकतन्त्र भनेको केही सीमित व्यक्तिले केही सिमीत व्यक्तिका लागि भन्ने आम मानिसहरूको बुझाई भईरहेको छ । जुन कुरा लोकतन्त्र को स्थायित्वका लागि दुर्भाग्यपूर्ण छ।,’ उनले भनेका छन् ।

नेपाली कांग्रेस सुसंस्कृत राजनीति स्थापित को मार्गदर्शक बन्नुपर्नेमा उनको जोड छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button