
काठमाडौँ– मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि देशका विभिन्न भेगमा वर्षाको सम्भावना रहेको छ ।



बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले आज वाग्मती, गण्डकी र प्रदेश-२ का एकाध ठाउँमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् ।



मनसुनी न्यूनचापीय रेखा नेपालबाट दक्षिणतर्फ सरेकाले अन्य स्थानमा वर्षाको सम्भावना कम रहेको उनले बताइन् ।


