अन्तराष्ट्रिय
भारतमा थपिए ४२ हजार ३४६ संक्रमित, ३४० संक्रमितको मृत्यु

काठमाडौ-भारतमा थप ४२ हजार ३४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २९ लाख ४४ हजार ६९१ पुगेको छ ।



यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १२ हजार ३१८ जना संक्रिय संक्रमित छन् ।



यस्तै त्यहाँ एकैदिन ३४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४० हजार २५६ पुगेको छ ।