अन्तराष्ट्रिय

अमेरिकामा आइडा आँधीका कारण ९ जनाको मृत्यु

Thrill Factory
Rungta Group

वासिङ्टन– अमेरिकाको न्यू योर्क र न्यू जर्सी राज्यमा भिषण वर्षा र ‘आइडा’ आँधीका कारण कम्तीमा ९ जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको छ।

न्यू योर्कको प्रहरी विभागका प्रवक्ताले मध्यराति एक वृद्ध मृत अवस्थामा फेला परेको जनाएका छन् ।

न्यू जर्सीको पासाइक सहरका नगर प्रमुख हेक्टर लोराले बिहीबार न्यू योर्कमा ८ जनाको र न्यू जर्सीमा १ जनाको मृत्यु भएको जानकारी दिए ।

न्यू योर्कमा सन् १९२७ यता यस्तो भिषण वर्षा भएको पहिलो पटक भएको सीएनएनले जनाएको छ । सेप्टेम्बर १ मा दुवै राज्यको इतिहास अहिलेसम्मको सर्वाधिक वर्षा भएको छ ।

नेवार्कमा ८ दशमलव ४१ इञ्च पानी परेको रेकर्ड गरिएको छ । न्यू योर्कमा पनि प्रशासनले भिषण वर्षाका कारण बाढी आउनसक्ने भन्दै चेतावनी जारी गरेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button