खबर फटाफटप्रदेश

नेता प्रकाशकुमार उपाध्यायको प्रश्न–कोरोना भारतबाट गाडी चढेर आउने हो र ?

Thrill Factory
Rungta Group

वीरगञ्ज-नेपाली कांग्रेस पर्साका उपसभापति प्रकाशकुमार उपाध्यायले नेपाल–भारत सीमा नाकाबाट सर्वसाधारणको आवागमनलाई सहज तुल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै १३ ओटा नाकाबाट स्वास्थ्य सतर्कताका मापदण्ड पालना गरेर नेपालीहरु प्रवेश गर्न पाउने निर्णय गरेको थियो । तर, सवारी साधनको आवागमनमा अझै रोक लगाइएको छ ।

सरकारले नाकाबाट सर्वसाधारणको आवगामनलाई सहज नबनाउँदा सर्वसाधारणले सास्ती पाउनुका साथै सरकारी नीतिकै कारण कोरोना संक्रमणको जोखिम झन बढेको नेता उपाध्यायले बताएका हुन् ।

निषेधाज्ञा खुकुलो भइसकेको र सिमानाबाट आवागमनसमेत निवाभइरहेकाले औपचारिक रुपमै आवागमन व्यवस्थित गरिनुपर्ने उपसभापति उनले बताए ।

‘सिमानाबाट मानिसको आवगामनमा कुनै रोकटोक छैन । स्वास्थ्य मापदण्ड र सतर्कतामा पनि ध्यान दिइएको छैन,’ उपाध्यायले सञ्चारकर्मीहरुसित भने, ‘तर, सवारी साधनको आउजाउमा रोक लगाउँदा सर्वसाधारण पैदल हिँडेर सिमाना आरपार गर्न बाध्य छन् । यसले कोरोना संक्रमण फैलिने जोखिम झन् बढेको छ ।’

बरू पैदल आवागमनले भिडभाड बढ्दा संक्रमणको सम्भावना बढी हुने नेता उपाध्याय बताउँछन् । ‘गाडीमा आउन रोकिएको छ । तर, पैदल हिड्नलाई कुनै सोधपुछ पनि छैन । गाडीमा आउनेले कोरोना ल्याउने र पैदल हिड्नेले नल्याउने त होइन नि,’ उनको तर्क छ ।

अहिले भारतले आफ्ना नागरिकहरुलाई खोप दिने अभियानलाई तीव्र पारेको र नेपाल सरकारले समेत खोप दिइरहेकाले सीमावर्ती क्षेत्रमा संक्रमणको जोखिम तुलनात्मक कम भएको भनाइ उपाध्यायको छ । ‘भारतबाट पैदल आउँदा कोरोना नआउने, तर गाडीमा भरिएर आउने हो र ? कि कोरोना गाडी चढेर आउने हो ? बरु गाडीमा आउँदा संक्रमणको जोखिम तुलनात्मक निकै कम हुन्छ,’ उनले भने ।

सरकारले भारतीय निजी सवारी साधनलाई आवतजावतमा रोक लगाएको छ । सीमाक्षेत्रमा स्वास्थ्य सतर्कताका उपायहरुलाई प्रभावकारी बनाएर आर्थिक र सामाजिक दैनिकीलाई सहज बनाइनुपर्ने सुझाव नेता उपाध्यायको छ ।

‘नेपाल र भारतबीच खुला सिमाना छ । यहाँ सामाजिक र सांस्कृतिक सम्बन्ध पनि छ । कोरोना संक्रमणको लहर र यसको जोखिम उच्च भएको अवस्थामा गरिएको निर्णय कायम राख्दा सीमाञ्चलको जनजीवन समस्यामा परेको छ,’ उपाध्यायले भने, ‘हामीकहाँ निषेधाज्ञा अब नाममात्रको भएको अवस्थामा सिमा नाकाबाट आवागमन असहज बनाइराख्नुको औचित्य छैन ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button