No Image Headlineप्रदेशमुख्य खबर
प्रदेश– २ प्रदेश सभामा एमालेभन्दा माधव नेपालको पार्टी ठूलो

जनकपुरधाम– प्रदेश– २ मा नवगठित पार्टी नेकपा (एकीकृत समाजवादी)मा ११ जना सांसदले सनाखत गरेका छन् ।
एमाले विभाजनपछि एमालेबाट प्रदेश सभामा एमालेबाट निर्वाचित ११ जना सांसदले जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीमा रहेको सनाखत गरेका छन् ।


प्रदेश सभा संसदीय दलका नेता शत्रुधन महतोलगायत ११ जना सांसदहरु एकीकृत समाजवादीमा लागेपछि २१ सांसद रहेका एमालेमा अब १० जनामात्र रहेका छन् ।
प्रदेश सभामा माधवकुमार नेतृत्वको एकीकृत समाजवादी केपी शर्मा ओली नेतृत्वको एमालेभन्दा ठूलो दल बनेको छ ।