No Image Headlineदेशमुख्य खबर

प्रधानन्यायाधीश बाहेकको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्चको अन्तरिम आदेश

Thrill Factory
Rungta Group

काठमाडौ– प्रधानन्यायाधीश बिनाको संवैधानिक इजलासबाट सुनुवाइ नगर्न सर्वोच्च अदालतले अन्तरिम ओदश दिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेश दिएको हो ।

प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणा शुक्रबार हुने संवैधानिक परिषद्ले गरेका निर्णयविरुद्धको रिटमाथिको सुनुवाइ हुने भएकाले बिदा बस्न लागेका थिए । विहीबार सर्वोच्चले शुक्रबारको सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको हो ।

प्रधानन्यायाधीश राणा बिदा बसेर वरिष्ठतम न्यायाधीश दीपक कार्कीको नेतृत्वमा संवैधानिक इजलास गठनको हुँदैथियो । अधिवक्ता गणेश रेग्मीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरि प्रसाद फुयाँलको एकल इजलासले बिहीबार यस्तो आदेश दिएको हो । अन्तरिम आदेशसहित कारण देखाऊ आदेशसमेत दिएको छ ।

यसअघि संवैधानिक परिषदले गरेका नियुक्तिविरुद्धको परेको रिटमाथि सुनुवाइ गर्न प्रधान्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नै नेतृत्वमा संवैधानिक इजलास गठन गरेका थिए ।

तर, आफै सहभागी बैठकले गरेका निर्णयविरुद्धको सुनुवाई प्रधानन्यायाधीश राणा आफैले गर्न नमिल्ने भन्दै रिट निवेदकले प्रश्न उठाएपछि प्रधानन्यायाधीश राणाले आफू सो रिटबाट अलगिने निर्णय लिएका थिए । यसपछि सर्वोच्चमा यो रिट परेको थियो ।

यस्तै प्रधानन्यायाधीश र न्यायाधीशहरुको आचारसंहित पालना गराउन विषयमा परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश दिएको छ ।

अधिबक्ता दिपकविक्रम मिश्रले दर्ता गराएको प्रधानन्यायाधीश वा न्यायाधीशले आफ्नो स्वर्थ जोडिएका मुद्धा हेर्न नहुने प्राकृतिक न्यायको सिद्धान्त र न्यायाधीशको आचारसंहिता पालना गराउन माग गरिएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको एकल इजलासले कारण देखाऊ आदेश दिएको हो ।

प्रधानन्यायाधीश वा न्यायाधीशको स्वार्थ बाझिने अवस्थामा त्यस्तो न्यायाधीश वा प्रधानन्यायाधीशको सट्टा निजपछिको न्यायाधीशको चयन गर्न समेत माग गर्दै रिट दायर भएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button