खबर फटाफटप्रदेश

नारायणी अस्पतालमा अक्सिजन उत्पादन प्लाण्टको उद्घाटन

Thrill Factory
Rungta Group

वीरगञ्ज-वीरगञ्जको नारायाणी अस्पतालले अब आफै अक्सिजन उत्पादन शुरु गर्ने भएको छ ।

अक्सिजन उत्पादन प्लाण्टको पर्सा क्षेत्र नम्बर २ का सांसद विमलप्रसाद श्रीवास्तव र वीरगञ्ज महानगरपालिकाको नगर प्रमुख विजयकुमार सरावगीले संयुक्त रुपमा उदघाटन गर्नुभएको छ ।

क्षेत्र नम्बरका सांसद विमल पसाद श्रीवास्तवको ‘स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम’ अन्तर्गतको संसदीय विकास कोष र वीरगन्ज महानगरपालिकाको लागतमा अक्सिजन उत्पादन प्लाण्ट निर्माण सम्पन्न भएको हो ।

पहिलो लहर र दोश्रो लहरको कोरोना संक्रमणबाट उच्च जोखिममा परेको वीरगन्जमा संभावित तेश्रो लहरको जोखिमलाई मध्यनजर गर्दै नारायणी अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गरिएको हो ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख सरावगीको पिता समेत रहनु भएका उद्योगी एवं समाजसेवी स्वर्गीय चिरन्जिवीलाल सरावगीको स्मृतिमा उक्त अक्सिजन प्लाण्ट स्थापना गरिएको छ ।
अक्सिजन प्लान्ट स्थापनाको उदघाटन भएपछि अब नारायणी अस्पतालमा अक्सिजनको अभाव नहुने भएको छ ।

कार्यक्रममा बोल्दै पर्सा क्षेत्र नम्बर २ का सांसद विमल श्रीवास्तवले पर्सेली नागरिक तथा अन्य विभिन्न स्थानबाट आउने नागरिकहरुको ज्यान जोगाउनकै लागि आपूmले नारायणी अस्पतालमा बजेट छुट्याएको बताउनुभयो ।

महानगर पमुख सरावगीले कोभिड–१९ को दोस्रो माहामारीमा बिरगंज लगायत पुरै देशमा नै प्राण वायु अक्सिजनको अभावले नै धेरै जनाले अल्पायुमै ज्यान गुमाएको र आउने दिनहरुमा कुनैपनि नागरिकले अक्सिजनकै अभावमा ज्यान गुमाउन नपरोस भनेर नारायणी अस्पतालमा स्वचालित अक्सिजन पलान्टको स्थापना गरिएको बताउनुभयो ।

नारायणी अस्पतालमा पर्सा जिल्लाको मात्र नभइ बारा, रौतहट, सर्लाही, महोत्तरीसम्मको बिरामीहरुको चांप हुने गरेको भएपनि अब नारायणी अस्पताललाई चाहिने अक्सिजन यो प्लाण्टबाट आपुर्र्ति गर्न सकिने उहाँले बताउनुभयो ।

वीरगन्जमा अहिलेसम्म सरकारी स्तरबाट कुनैपनि पुर्वाधार नबनाएको गुनासो गर्ने र निजीक्षेत्रबाट निर्माण गरिएको पुर्वाधारहरु संरक्षण गर्न सकिएन भने कुनै उपादयता हुदैन । व्यावस्थापनमा अस्पताल प्रशासनले लाग्नुपर्ने सरावगीको जोड थियो ।

उहाँले आफुले १४ वटै स्थानीय पालिकाहरुलाई नारारयाणी अस्पताललाई प्रभावकारी रुपमा सञ्चालन गर्न एउटा स्थानीय पालिकाहरु मिलेर कोष स्थापनाका लागि पस्ताव गरिएको र वीरगन्ज महानगरपालिकाले कोषमा ४० लाख बजेट समेत छुट्याईएको जानकारी दिदै अन्य पालिकाहरुबाट चासो नदेखाएको बताउनुभयो ।

मानवीय कुराहरुमा जबसम्म जनप्रतिनिधिले साथ र सहयोग दिदैन तबसम्म जनतालाई न्याय नहुने बताउदै उनले जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष पुरेन्द्र किशोर लाभको अध्यक्षतामा भएको कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, अस्पतालका मेसु डाक्टर विरेन्द बहादुर प्रधान लगायत अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button