अर्थ

चार नेटवर्किङ कम्पनीमा वाणिज्य विभागको छापा

Thrill Factory
Rungta Group

काठमाडौँ — वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागको टोलीले ४ नेटवर्किङ कम्पनीमा छापा मारेको छ ।

वस्तुको प्रत्यक्ष बिक्रीको नाममा नेटवर्किङ धन्दा गरिरहेको गुनासो आएपछि विभागले ललितपुरमा रहेको नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, काठमाडौंमा रहेको हेल्दी लिभिङ नेपाल प्रालि र ग्लोबल ओरियन्स प्रालिमा छापा मारेको हो ।

टोलीले अनुसन्धानका लागि भन्दै कम्पनीले खरिद–बिक्री गरेका बिल, बिक्रीका लागि तयार पारेका सामग्रीसमेत जफत गरेको छ ।

‘यी कम्पनीले स्वदेशीको नाममा विदेशी सामान उच्च मूल्यमा बिक्री गरेको, विभिन्न सामाजिक सञ्जालमार्फत नेटवर्किङ गरेको गुनासो छ,’ विभागका एक अधिकारीले भने, ‘सुरुवाती चरणमा ती कम्पनीहरूका केही कागजात ल्याएका छौं । खरिद–बिक्रीका थप बिल पनि मगाएका छौं ।’ ती अधिकारीका अनुसार जफत गरिएका सामग्री प्रत्यक्ष बिक्रीको नाममा इजाजत लिँदा सुरुमा बिक्री गर्ने भनिएको वस्तु हो/होइन त्यो पनि अध्ययन भइरहेको बताए ।
‘यी कम्पनीहरूको विरुद्ध धेरै गुनासो आएको छ । उद्देश्य र तोकिएको सर्तभन्दा तलमाथि गरेर व्यवसाय गरेको भेटिए इजाजत स्थगन गर्छौं,’ ती अधिकारीले भने ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button