खबर फटाफटप्रदेश

बाढीले स्करपियो बगाउँदा दुई जनाको मृत्यु

Thrill Factory
Rungta Group

दाङ – दाङमा बाढीले स्करपियो बगाउँदा दुई जनाको मृत्यु भएको छ । दुई जना बेपत्ता भएक छन् । घोराही-लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्नेखोलामा आएको बाढीले गाडी बगाउँदा एकै घरका दुई दिदीबहिनीको मृत्यु भएको हो । अन्य दुई महिलालाई बाढीले बेपत्ता बनाएको छ ।

चालकलाई भने प्रहरीले उद्धार गरेको छ । रुपैडियामा किनमेल गरेर फर्कंदै गर्दा स्करपियो बाढीले बगाएको थियो । प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको स्करपियो बाढीले गएराति ११ वजे  बगाएको थियो ।

घोराही १३ का ३२ वर्षीया सुशिला श्रेष्ठ र घोराही १४ का ३० वर्षीया राधा श्रेष्ठ कुवरको शव फेला गरेको दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए । मृतक राधा र शुसिला घोराही उपमहानगरपालिका वडा नम्बर १६ का सदस्य जगत श्रेष्ठका छोरी हुन् ।

घटनामा घोराही १३ का ४० वर्षीया रितामाया पुन र घोराही १४ का ४२ वर्षीया विमला केसीलाई बाढीले बेपत्ता बनाएको छ । दुबै जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

चालक घोराही १५ का ४० वर्षिय नरबहादुर पुनको खुट्टा भाँचिएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button