अर्थ

भारतबाट नेपाल पठाउने रेमिट्यान्सको सीमा बढ्यो

Thrill Factory
Rungta Group

रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले भारतमा औपचारिक क्षेत्रमा काम गर्ने नेपालीका लागि रेमिट्यान्स पठाउन लगाएको सीमा वृद्धि गरेको छ ।
आरबीआईले निर्देशन जारी गर्दै रेमिट्यान्सको सीमा प्रतिकारोबार ५० हजार भारुबाट वृद्धि गरेर २ लाख भारु पुर्याएको हो । यसैगरी प्रतिवर्ष १२ पटक मात्र रेमिट्यान्स पठाउन सकिने सीमा पनि हटाएको छ ।

भारत नेपालका लागि दोस्रो ठूलो रेमिट्यान्सको स्रोत हो । आरबीआईको नयाँ निर्देशनसँगै नेपालको रेमिट्यान्स आप्रवाहमा सकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलले बताए ।

“भारतबाट धेरै रेमिट्यान्स अनौपचारिक च्यानल र साथमै बोकेर भित्रने गरेको थियो,” पौडेलले भने, “यो व्यवस्थाबाट रेमिट्यान्सको औपचारिक च्यानललाई प्रोत्साहन भएको छ ।”

रिजर्भ बैंकले सन् २००८ मा इन्डो नेपाल रेमिट्यान्स फ्यासिलिटी स्किम जारी गर्दै भारतबाट नेपाल रेमिट्यान्स पठाउनका लागि सीमा तोकेको थियो । उक्त स्किममा भारतबाट नेपालमा एक पटकमा ५० हजार भारु र वर्षमा अधिकतम १२ पटकमात्र रेमिट्यान्स पठाउन सकिने प्रावधान थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button