अन्तराष्ट्रिय

अफगानिस्तानमा तीन दिनमा नयाँ सरकार बनाउने तालिवानको तयारी, महिलालाई पनि समावेश गरिने

Thrill Factory
Rungta Group

काबुल–अफगानिस्तानको सत्ता नियन्त्रणमा लिएको तालिबानले महिलाप्रति गर्ने व्यवहारबारे अन्तर्राष्ट्रिय समूदायले चिन्ता व्यक्त गरिरहेका बेला तालिबानले नयाँ सरकारमा महिला पनि समावेश हुने बताएको छ ।

कतारस्थित अफगान तालिबानको राजनीतिक कार्यालयका उपप्रमुख तथा वार्ता समितिका सदस्य शेर मोहम्मद अब्बास स्टानिकजईले अफगानिस्तानमा तीन दिनभित्र नयाँ सरकार घोषणा गरिने बताएका छन् ।

बीबीसी पश्तो सेवासँको कुराकानीमा उनले समावेशी सरकार हुनेसमेत बताएका छन् । उनले तालिबानले घोषणा गर्ने नयाँ सरकारमा ठूलो संख्यामा महिलाहरु पनि हुने बताएका छन् । उनले महिलाहरु कार्यालयमा काम गर्न जान सक्नेसमेत बताएका छन् ।

उनले तालिबानको नयाँ सरकारलाई अन्तर्राष्ट्रिय समूदायबाट समर्थन हुनेसमेत विश्वास व्यक्त गरेका छन् । उनले अमेरिका र यूरोपेली संघसँग तालिबानले समन्वय गर्न चाहेकोसमेत बताएका छन् । उनले कतारस्थित कार्यालयबाट विभिन्न मुलुकहरुसँग वार्ता भइरहेकोसमेत बताएका छन् ।

अमेरिकी सेना पूर्णरुपमा स्वदेश फर्केपछि काबुल विमानस्थल कब्जामा लिएको तालिबानले केही दिनमै विमानस्थल सञ्चालनमा आउनेसमेत बताएका छन् । उनले आवश्यक कागजात भएकाहरुले अफगानिस्तान छाड्न पाउने तर कागजात नभएकाहरुले आफगानिस्तान छाड्न नपाउने बताएका छन् । (एजेन्सी)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button