No Image Headlineदेश

बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादीका पक्षमा १२ सांसद

Thrill Factory
Rungta Group
मंगलबार निर्वाचन आयोगको कार्यालय पुगेर १२ जना सांसदले आफू नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका हुन् ।

प्रदेश सरकारमा सामाजिक विकास मन्त्री रहेका कृष्णप्रसाद खनालसहित १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएका छन् । सनाखत गराउने अन्य सांसदमा राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, बसुन्धरा हुमागाई छन् ।

यस्तै, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले पनि निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादीमा रहने गरी सनाखत गराएका छन् ।

१०९ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ५६ सांसद थिए । १२ जना सांसद एमाले छाडेर नयाँ दलमा सामेल भएसँगै अब प्रदेशसभामा एमाले ४४ सांसदमा खुम्चिएको छ । योसँगै एमालेले प्रदेशसभामा बहुमत गुमाएको छ ।

निर्वाचन आयोगले नयाँ पार्टीमा जान इच्छुक प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र जिल्ला समन्वय समितिका सदस्यहरूका लागि २२ गतेसम्मको समयसीमा तोकेको छ ।

आयोगले दल बदल्न चाहने प्रदेशसभा सदस्यका लागि सम्बन्धित प्रदेशस्थित निर्वाचन कार्यालय र स्थानीय तहका जनप्रतिनिधिका लागि जिल्लास्थित निर्वाचन कार्यालयमा सनाखत गराउनुपर्ने पनि जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button