No Image Headlineखबर फटाफटदेश

१ हजार ६६४ कोरोना संक्रमित थपिए, २० को मृत्यु

Thrill Factory
Rungta Group

काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १ हजार ६६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ११७ पीसीआर परीक्षण गरिएकोमा १ हजार ५२३जना र ३ हजार १०५ ओटा एन्टीजेन परीक्षण गरिएकोमा १४१ जना गरी कुल १ हजार ६६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा १ हजार ७८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोना  संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म १० हजार ७५० पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ५९१ जना रहेको छ । जसमध्ये ३३ हजार २१४ जना होम आईसोलेशनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आईसोलेशनमा रहेका छन् ।

देशका विभिन्न अस्पतालमा हाल ५३७ जना आईसीयू र १६४ जना भेन्टिलेटरमा उपचाररत् रहेका छन् । मन्त्रालयका अनुसार सो अवधिमा नमूना परीक्षण गरिएकामध्ये १३ दशमलव ६१ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button