अर्थप्रदेश

शिलान्यासमै सीमित मयूरधाप औद्योगिक क्षेत्र

Thrill Factory
Rungta Group

हेटौँडा-सघीय सरकारको गौरवको आयोजनाका रूपमा मयूरधाप औद्योगिक क्षेत्र शिलान्यास भएको छ महिना बितिसक्दासमेत निर्माण कार्य सुरु भएको छैन । वातावरणीय प्रभाव मूल्याङरकन प्रतिवेदन तयार गर्न भएको ढिलाइका कारण औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम सुरु हुन नसकेको हो ।

हेटौँडा उपमहानगरपालिका–१३ र १४ मा स्थापना गर्ने घोषणा भएको पाँच वर्ष पुग्नै लाग्दा प्रस्तावित औद्योगिक क्षेत्रको गत फागुन १४ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गर्दै औद्योगिक क्षेत्रको निर्माणको काम तत्कालै सुरु हुने बताएका थिए तर औद्योगिक क्षेत्रका परियोजना प्रमुख राजेन्द्र कँडेलले औद्योगिक क्षेत्रको वातावरणीय प्रभाव मूल्याङरकन अध्ययन प्रतिवेदन तयार नभएका कारण पूर्वाधार निर्माणको काम सुरु हुन नसकेको जानकारी दिए ।

उनले गत फागुनमा नै स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको प्रतिवेदन स्वीकृति भएर नआएको बताए। कोभिड–१९ का कारण ढिलाइ हुँदासमेत गत असार मसान्तभित्रै प्रतिवेदन आइसक्नुपर्ने बताउँदै उनले सुरुमा अङरग्रेजी भाषामा रहेको अध्ययन प्रतिवेदनपछि नेपाली भाषामामा उल्था गर्नुपर्छ भनेपछि ढिलाइ हुँदा स्वीकृतिको समय धकेलिएकामा अहिले मन्त्रालयका अडरकिएर बसेको बताए ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापकसमेत रहेका कँडेलले वातावरण मन्त्रालयबाट स्वीकृति भएर आएपछि औद्योगिक क्षेत्रका लागि आवश्यक जग्गा भोगाधिकारका लागि लिन प्रक्रिया सुरु गरिने बताए ।

औद्योगिक क्षेत्रमा दुई वर्षभित्र उद्योग स्थापना भइसक्ने र पाँच वर्षभित्रमा औद्योगिक क्षेत्रको सम्पूर्ण काम सक्ने जनाइएको थियो तर जग्गाको ईआईए रिपोर्टसँगै भोगाधिकारको टुङरगो लाग्न नसक्दा परिजोजना निर्माण अझै पछि धकेलिने देखिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button