अर्थ

आयात अनुमति नदिँदा चाडपर्वमा चिनी अभाव हुने

Thrill Factory
Rungta Group

काठमाडौं-अर्थमन्त्रालयले भन्सार छुटमा चिनी आयातको अनुमति नदिँदा चाडपर्वमा बजारमा चिनीको अभाव हुने देखिएको छ ।

भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई गत वैशाखमा प्रस्ताव पेश गरेको थियो । हालसम्म स्वीकृत नदिँदा अब चिनी आयात गर्न ढिला भएर अभाव हुने देखिएको हो ।

काठमाडौं वर्षेनी आयात इजाजतका प्रक्रियामा धेरै समय लगाउने प्रवृत्ति निरुत्साहित गर्दै बजारमा चिनी आपूर्ति सहज बनाउन राष्ट्रिय उपभोक्ता मञ्चले सरकारको ध्यानाकर्षण गराएको छ ।

मञ्चले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाउँदै यस्तो माग गरेका छ । चिनीको मौज्दात सकिएकाले ठूला चाडपर्व नजिक आइसक्दा पनि बजारमा चिनीको मूल्यमा मनपरी हुन सक्ने भन्दै मञ्चले ध्यानाकर्षण जनाएको छ ।

नेपालमा चिनीको वार्षिक खपत २८० हजार मेट्रिक टन हुन्छ भने आन्तरिक उत्पादन १८० हजार मेट्रिक टन मात्र छ । माग र आपूर्तिको बीचमा असन्तुलन घटाउन आयात गरी आपूर्ति व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक स्थिति छ ।

विगतको सरकारले उत्पादक तथा व्यवसायीहरुको दवाबमा आपूर्ति व्यवस्थापनमा नै खलल पर्ने गरी आवश्यकतानुसार आपूर्ति नगर्ने वा समयमा आपूर्ति व्यवस्थापन नगर्ने गरेको ज्ञापनपत्रमा उल्लेख छ । बिगत ८÷९ महिना अगाडिदेखि नै बजारमा चिनी पर्याप्त छैन । उपभोक्ताले महंगोमा खरिद गरिरहनु परेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनसँग मौज्दात चिनी सकिने लागेकाले पनि अभाव हुने देखिएको हो ।

मन्त्रालयले बजार आवश्यकतालाई मध्यनजर गरी ३० हजार मेट्रिक टन चिनी सार्वजनिक संस्थानहरु खाद्य व्यवस्था कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई आयात अनुमति दिई आपूर्ति व्यवस्था सहज गर्न अर्थ मन्त्रालयमा सहमतिको लागि पठाएपनि हालसम्म पनि अर्थ मन्त्रालयले सहमति नदिएको मन्त्रालयले जानकारी दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button