खबर फटाफटप्रदेश

सप्तकोसीमा यस वर्षकै उच्च बहाब

Thrill Factory
Rungta Group

सुनसरी- सप्तकोसी नदीमा यस वर्षकै उच्च बहाब मापन भएको छ । केही दिनयता निरन्तर बढ्दो क्रममा रहेको नदीको बहाब आइतबार यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोसी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारीअनुसार पछिल्लो मापनमा सप्तकोसीमा दुई लाख ५७ हजार ७९० क्यूसेक प्रतिसेकेण्ड बहाब पुगेको छ । नदीको बहाव बढेसँगै कोसी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।

साउन ३२ गते कोसीमा यस वर्षकै बढी दुई लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाब मापन गरिएको थियो । पहिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ । पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोसीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोसी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाब थप बढ्ने आंकलन गरिएको छ ।

यसैबीच निरन्तरको वर्षासँगै कोसीको बहाबमा उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यसअघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पुनः कटान सुरु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केही स्थानमा कटान गरेको खबर प्राप्त भएको बताए ।उनका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । नदीको बहाब बढेसँगै प्रजिअसहितको टोली कोसी क्षेत्रको निरीक्षणमा गएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button