महिनामै डेढ खर्बको आयात, निर्यातमा पनि सुधार

काठमाडौं : दसैं नजिकिँदै गरेको छनक पछिल्लो समयको आयात दरको अवस्थाले दिएको छ। दसैं आउन एक महिना मात्रै बाँकी रहँदा चालू आर्थिक वर्ष २०७८।७९ को पहिलो महिना साउनमा डेढ खर्ब रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा भित्रिएको छ। भदौ महिनाको तथ्यांक आउन बाँकी छ।



भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा ७५.६६ प्रतिशतले आयात दरको आकार वृद्धि भएर १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु नेपालमा भित्रिएको हो। यो वस्तु भारतसहित तेस्रो मुलुकबाट भित्रिएको हो।



अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा ८५ अर्ब ८० करोड रुपैयाँबराबरको विभिन्न वस्तु भारतसहित तेस्रो मुलुकबाट भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको साउनमा कोभिडको पहिलो लहरको प्रभाव अत्याधिक भएकाले पनि त्यो बेला आयात दरको आकार खुम्चिएको थियो।



अघिल्लो वर्षको साउनको तुलनामा यो वर्षको साउनमा ७९.७१ प्रतिशतले बढी वैदेशिक व्यापार भएको छ। जसअनुसार यो साउनमा १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको थियो। यो महिनामा नेपालले वैदेशिक व्यापारतर्फ १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँबराबरको व्यापार व्यहोरेको छ।
दसैं नजिकिँदै गरेको छनक पछिल्लो समयको आयात दरको अवस्थाले दिएको छ। दसैं आउन एक महिना मात्रै बाँकी रहँदा चालू आर्थिक वर्ष २०७८।७९ को पहिलो महिना साउनमा डेढ खर्ब रुपैयाँबराबरको विभिन्न वस्तु नेपालमा भित्रिएको छ। भदौ महिनाको तथ्यांक आउन बाँकी छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा ७५.६६ प्रतिशतले आयात दरको आकार वृद्धि भएर १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँबराबरको वस्तु नेपालमा भित्रिएको हो। यो वस्तु भारतसहित तेस्रो मुलुकबाट भित्रिएको हो।
अघिल्लो आर्थिक वर्षको पहिलो महिनामा ८५ अर्ब ८० करोड रुपैयाँबराबरको विभिन्न वस्तु भारतसहित तेस्रो मुलुकबाट भित्रिएको थियो। अघिल्लो आर्थिक वर्षको साउनमा कोभिडको पहिलो लहरको प्रभाव अत्याधिक भएकाले पनि त्यो बेला आयात दरको आकार खुम्चिएको थियो।
अघिल्लो वर्षको साउनको तुलनामा यो वर्षको साउनमा ७९.७१ प्रतिशतले बढी वैदेशिक व्यापार भएको छ। जसअनुसार यो साउनमा १ खर्ब ७१ अर्ब ४९ करोड रुपैयाँबराबरको कुल वैदेशिक व्यापार भएको थियो। यो महिनामा नेपालले वैदेशिक व्यापारतर्फ १ खर्ब २९ अर्ब ९६ करोड रुपैयाँबराबरको व्यापार व्यहोरेको छ।
आयात दरको आकार वृद्धि भइरहँदा गत साउनमा निर्यात दरको आकार पनि केही सकारात्मक देखिएको छ। चालू आर्थिक वर्षको पहिलो महिनामा निर्यात दरको आकार पनि वृद्धि भएको छ। अघिल्लो वर्षको पहिलो महिनाको तुलनामा १ सय १५.८५ प्रतिशतले निर्यात दर वृद्धि भएको छ।
साउनमा २० अर्ब ७६ करोड रुपैयाँबराबरको नेपाली वस्तु विभिन्न मुलुकमा निर्यात भएको छ। अघिल्लो वर्षको साउनमा ९ अर्ब ६२ करोड रुपैयाँबराबरको निर्यात भएको थियो।