No Image Headlineखबर फटाफटदेशमुख्य खबर

नागढुंगामा पहिरो, काठमाडौ प्रवेश गर्ने सयौँ गाडीले सडक जाम

काठमाडौ – काठमाडौ प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानै देखि अवरूद्ध भएको छ ।

नागढुंगा नजिकै चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।

हिजो बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएर सञ्चालनमा आएको केही घण्टामै फेरि अवरूद्ध भएको हो ।

पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध हुँदा सयौँ गाडीको लाइन लागेको नागढुंगा प्रहरीले जनाएको छ । पहिरो पन्छाउन डोजर परिचालन गरिसकिएकाले केही घण्टामा सडक खुला हुने प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button