खबर फटाफट

तेह्रथुम पावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

Thrill Factory
Rungta Group

काठमाडौं -तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने आज (आइतवार) अन्तिम दिन रहेको छ । कम्पनीको आईपीओमा शुक्रवारसम्ममा १७ लाखभन्दा बढीले आवेदन दिएका छन् ।

विक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार शुक्रवार साँझसम्ममा कम्पनीको आईपीओमा १७ लाख १८ हजार ६६३ जना आवेदकले २ करोड २८ लाख २ हजार १५० कित्ता शेयर खरीदका लागि आवेदन दिएका हुन् ।

यो सर्वसाधारणको लागि निष्कासनमा ल्याएको ७ लाख ४४ हजार कित्ताको ३० दशमलव ६४ गुणा बढी आवेदन हो ।

कम्पनीले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्कासनमा ल्याएको हो । जसमध्ये १६ हजार कित्ता कर्मचारीहरुका लागि, ४० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यस आईपीओमा आवेदकले आइतवार बैंकिङ समयसम्म गतेसम्म आवेदन गर्न सक्नेछन् ।

न्यूनतम १० कित्ताको लागि आवेदन दिन सक्नेछन् भने आधिकतम ६० हजार कित्ताका लागि आवेदन दिन पाउने कम्पनीले जानकारी गराएको हो । आवेदकले आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट र मेरो शेयर एपबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले निष्कासन गरेको आईपीओमा इक्रा नेपालले इक्रा एनपी आईआर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङ कम्पनीको दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । हाल कम्पनीको चुक्तापूँजी रू. २८ करोड रहेको छ । आईपीओ निष्कासन पछि उक्त पूँजी रू. ४० करोड पुग्नेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button