देश

कांग्रेस जिल्ला सभापतिहरूले अनशन तोडे, महाधिवेशनमा केन्द्रित हुने

Thrill Factory
Rungta Group

काठमाण्डाै – माग सम्बोधन हुने भएपछि चार दिनदेखि रिले अनशनमा रहेका कांग्रेसका जिल्ला सभापतिहरूले अनशन तोडेका छन् ।

कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलका नेताहरूले केन्द्रीय कार्यालय सानेपामा पुगेर माग सम्बोधन गर्ने सहमति गरेपछि अनशन तोडिएको हो ।  संस्थापन पक्षले मनोमानी ढङ्गले सदस्यता थप गरेको भन्दै नामावली सार्वजनिक गरेर त्यसमा थपघट गर्ने मौका दिनुपर्ने माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका जिल्ला सभापतिहरू अनशनमा थिए ।

सहमतिसँगै क्रियाशील सदस्यता विवाद टुङ्गिएको र अब १४ औँ महाधिवेशनमा केन्द्रित हुने जिल्ला सभापतिहरूले बताएका छन् । यस्तै विवाद समाधान भएसँगै आउँदो १८ गतेदेखि हुने भनिएको पालिकास्तरीय अधिवेशन हुने पनि निश्चित भएको छ ।

वडाले क्षेत्रीय प्रतिनिधि चयन गर्ने र तीनै क्षेत्रीय प्रतिनिधिले केन्द्रीय महाधिवेशनका मतदाता चयन गर्ने भएकाले पालिकास्तरीय अधिवेशनमा केन्द्रीय नेताहरुकै चासो धेरै छ । कांग्रेसको केन्द्रीय महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाण्डौमा हुनेछ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button