
वीरगञ्ज- तेरापंथ युवक परिषद वीरगञ्जद्वारा शनिबार वीरगञ्जमा रक्तदान कार्यक्रम को आयोजना गरिएको छ ।



कार्यक्रम अखिल भारतीय तेरापंथ युवक परिषदको तत्वावधानमा भएको थियो । ९१ जनाले रक्तदान गरेका थिए ।



कार्यक्रममा प्रमुख अतिथि पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाल बिहार झारखण्ड सभाका उपाध्यक्ष अशोक कुमार बैद, संस्था सिरोमणि महासभाका कार्यकारी सदस्य र वीरगञ्ज सभाका अध्यक्ष निर्मलकुमार सिंघीको सहभागिता थियो ।



वीरगञ्ज सभाका निवर्तमान अध्यक्ष राजकुमार बैद, भवन ट्रस्ट बोर्डका उपाध्यक्ष बन्सीलाल बोथरा, वीरगञ्ज तेयूप अध्यक्ष पंकज बैद र तेरापंथ महिला मण्डल वीरगञ्ज, कार्यक्रम संयोजक दीपक बैदलगायतको सहभागिता थियो ।