खबर फटाफटप्रदेश

६ लाख रुपैयाँसहित हुण्डी कारोबारमा संलग्न पक्राउ

Thrill Factory
Rungta Group

वीरगञ्ज- प्रहरीले वीरगञ्जबाट ६ लाख रूपैयाँसहित हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज -१ बस्ने ६० वर्षीय स्वामीनाथप्रसाद साहलाई हुण्डी कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । बिहान साढे ९ बजे प्रहरी चौकी ईनर्वा पर्साको टोलीले वीरगञ्ज-१६ शंकराचार्य गेटमा खटिएको टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ना.८ प १८७ नम्बरको हिरो होण्डा स्प्लेण्डर मोटरसाइकलमा भारतबाट वीरगञ्जतर्फ आउँदै गर्दा उनको पाईन्टको अगाडि पट्टीको खल्तीमा श्रोत नखुलेको नेपाली ६ लाख फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button