खबर फटाफटप्रदेश

गण्डक नहरले बगाएका तीनजनाको उद्धार

Thrill Factory
Rungta Group

पश्चिम नवपरासी– पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ ।

सोही ठाउँ बस्ने ४८ वर्षीय अजित अन्सारी, २५ वर्षीय शैलेश गुप्ता र २३ वर्षीय थेरज देवानलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्धार गरिएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्माड खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको प्रयोग गरी उनीहरुलाई बगाएको स्थानदेखि करीव ५ सय मिटर तलबाट सकुशल उद्धार गरेको हो ।

यस्तै कैलाली जिल्लाको गौरीगंगा नगरपालिका ३ स्थित शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले शुक्रबार सकुशल उद्धार गरेको छ । सोही ठाउँको कुचौनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षीया आरती सापकोटा विहीबार गते घाँस काट्न गएकोमा पानीको बहाव बढ्दा नदीको बीच टापुमा फसेका थिए ।

सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ४३ रिजर्व गण कैलालीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button