No Image Headlineप्रदेश

सप्तकोशी नदीमा पानीको बहाव बढ्दै, सतर्क रहन आग्रह

Thrill Factory
Rungta Group

सप्तरी-सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई-तीन दिनदेखि लागातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार शुक्रबार दिउँसोको मापन अनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेन्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ ।

अझै पानीको बहाव बढ्ने क्रममा रहेकाले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २२ वटा ढोका खुल्ला राखिएको छ । पानीको बहाव बढिरहेको भन्दै आवश्यकतानुसार थप ढोका खुल्ला गरिने कोशी ब्यारेज प्रशासनको भनाइ छ ।

कोशी ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ भने सप्तरी जिल्लाको तटबन्ध आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेका छ ।

कोशीमा पानी बढेसँगै सप्तरीको हनुमानगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोवरगाढासमेत जलमग्न हुने खतरा देखिएको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । उक्त ठाउँमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन उनले आग्रह समेत गरे ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button