अर्थविशेष

व्यवसाय गर्नेलाई शेयर धितोको कर्जा सीमाले छुँदैन : गभर्नर

Thrill Factory
Rungta Group

काठमाडौं-गभर्नर महाप्रसाद अधिकारीले व्यवसाय गर्न चाहनेका लागि नेपाल राष्ट्र बैंकको शेयर धितो कर्जा सम्बन्धी पछिल्लो नीतिले कुनै असर नपार्ने स्पष्ट पारेका छन् ।

मार्जिन प्रकृतिको कर्जामा कसैले व्यवसाय गर्न चाहन्छ भने राष्ट्र बैंकले तोकेको ४ र १२ करोडको सीमाले नछुने उनले जानकारी दिए । शुक्रबार नाफिजले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै उनले अहिले पनि शेयर धितोमा कर्जा लिएर व्यवसाय गर्न पाउने बताए ।

उनले व्यवसाय गर्नका लागि नभइ शेयर धितो राखेर शेयरमै लगानी गर्नेलाई मात्रै उक्त सीमा तोकिएको बताए । शेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा पाइने उनको भनाइ छ ।

‘मार्जिन प्रकृतिको कर्जाका सन्दर्भमा कसैले व्यवसाय निरन्तरताका लागि आफूसँग रहेको कुनै पनि कम्पनीको शेयर धितोको रुपमा राख्न सक्छ । त्यसमा अहिले तोकिएको करोडको सीमाले छुँदैन,’ उनले भने ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा कुनै व्यक्ति वा संस्थाले एउटा संस्थाबाट शेयर धितोमा बढीमा ४ करोड र समग्रमा १२ करोड रुपैयाँ कर्जा लिन पाउने नयाँ व्यवस्था गरेको थियो ।

‘कुनैपनि व्यक्तिले अनलाइन व्यवसाय सञ्चालन गरिरहेको र कुनै कम्पनीको २० करोड बराबरको शेयर भएमा शेयर धितोमा मूल्यांकनअनुसार कर्जा उपयोग गर्न पाउँछ ,’ गभर्नर अधिकारीले भने, ‘तर यहाँ रिसाइकल भएको भेटिएको छ । बैंकबाट कर्जा लिने अनि शेयर खरिद गर्ने, फेरि त्यो शेयर अर्को धितो राखेर ७० प्रतिशतसम्म कर्जा लिने र अर्को डिम्याटबाट कर्जा लिने प्रवृत्ति देखिएकाले उक्त सीमा कायम गरिएको हो ।’
यस्तो सीमा अन्य देशहरुको तुलनामा धेरै राखिएको उनको भनाइ छ ।

अहिले शेयर मार्जिन कर्जामा सुधारको आवश्यकता देखिएकाले राष्ट्र बैंक नीतिगत सुधारको बाटोमा रहेको उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button