No Image Headlineदेश

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको उम्मेदवारी घोषणा, भन्छन्- युवाहरुलाई नेतृत्वमा अघि बढाउन मेरो उम्मेदवारी

Thrill Factory
Rungta Group

कांग्रेस उपसभापति विमलेन्द्र निधिले युवाहरुलाई नेतृत्वमा अगाडि बढाउन आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शुक्रबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्दै उनले सार्वजनिक रुपमा सभापतिमा उम्मेदवारी घोषणा गरे ।

सो क्रममा निधिले अहिले ३५ प्रतिशत युवाहरु कांग्रेसको क्रियाशील सदस्य बनेको भन्दै ती युवाहरुलाई नेतृत्वमा ल्याउन पनि आफूले सभापतिमा उम्मेदवारी दिनुपर्ने अवस्था आएको बताए । उनले कसैसँग शत्रुतता नरहेको भन्दै मित्रवत् प्रतिस्पर्धा गरिने बताए । उनले भने, ‘म कसैलाई रिटायर गर्न उम्मेदवार बन्न लागेको होइन । सबैले मित्रवत् प्रतिस्पर्धा गर्ने हो ।’

नेपाल विद्यार्थी संघको राजनीतिदेखि सभापति शेरबहादुर देउवासँग निकट रहेका उनले १३ औं महाधिवेशनमा देउवालाई समर्थन गरेका थिए । त्यतिबेला १४ औं महाधिवेशनमा देउवाले सहयोग गर्ने बताएको आफु निकटहरुसँग निधिले बताउने गरेका छन् । तर, १४ औं महाधिवेशनमा सभापतिमा पुनः दोहोरिन देउवा आफै कस्सिएका छन् ।

निधिले शुक्रबार तामझामका साथ सम्पर्क कार्यालय स्थापना गरेसँगै देउवा समूहबाट देउवा निर्विकल्प उम्मेदवार नहुने प्रस्ट भएको छ ।

यसअघि देउवा समूहबाट देउवा नै निर्विकल्प उम्मेदवार हुने चर्चा थियो । तर, निधिको पाइला अब नरोकिने देखिएको छ । देउवा इतर समूहमा भने आधा दर्जनभन्दा धेरै सभापतिका आकांक्षी छन् ।

तर देउवालाई पराजित गर्न पौडेल समूहबाट एकजना उम्मेवार बनाउने कसरत भने जारी छ । अब निधिको भूमिकाले देउवालाई समस्या पार्न सक्ने देखिएको छ । आगामी मसिंर दोस्रो साता कांग्रेसको १४ औं महाधिवेशन हुँदैछ । यही भदौ १८ मा वडा अधिवेशन हुँदैछ । वडा अधिवेशनका लागि शुक्रबार नै ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button