No Image Headlineअन्तराष्ट्रिय

विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख

Thrill Factory
Rungta Group

काठमाडौं-विश्वमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या १ करोड ८३ लाख २६ हजार २५३ पुगेको छ । विभिन्न अस्पतालमा उपचाररत १ लाख १२ हजार ६१७ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटर्सले जनाएको छ ।

विश्वमा कोरोना संक्रमणबाट मुक्त हुनेभन्दा संक्रमण हुने दर बढेको छ । बितेको २४ घण्टाको तथ्यांक हेर्दा ७ लाख ३ हजार १६ जनामा नयाँ संक्रमण देखिएको छ । सोही अवधिमा ५ लाख ७७ हजार ९४१ जनाले कोरोनालाई जितेका छन् ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वमा संक्रमितको संख्या २१ करोड ५४ लाख २४ हजार ३८४ पुगेको छ ।

अहिलेसम्म ४४ लाख ४७ हजार २५७ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा मात्र १० हजार ६४५ जनाको मृत्यु भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button