No Image Headlineखबर फटाफटदेश
एमसीसी परिमार्जनको पक्षमा नेकपा एकीकृत समाजवादी

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता परिर्माजन गर्नुपर्ने पक्षमा रहेको जनाएको छ ।
एकीकृत समाजवादीले निर्वाचन आयोगबाट वैधता पाएपछि विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष माधवकुमार नेपालले पत्रकारहरुले सोधेको प्रश्न उत्तर दिँदै एमसीसी परियोजना परिमार्जन गर्नुपर्ने बताएका हुन् ।


उनले विगतमा अध्ययन गरेको सो प्रतिवेदनमा रहेका मान्यतालाई आधार मानेर, सुधार गरेर, परिमार्जन गरेर नेपालको हीतमा नै प्रयोग हुने गरी अघि बढाउनुपर्ने धारणा राखे ।
उनले भने, ‘ यो कुनै पनि रणनीतिक योजनाको अंग नबनोस्, विदेशीहरुविरुद्धमा त्यो लक्षित नहोस्, नेपालीहरुको हितमा कुठाराघात नहोस् भन्ने कुरामा विशेष हामी जोड दिनेछौँ ।’