खबर फटाफटदेशमुख्य खबर

२ हजार ४३३ संक्रमित थपिँदा १ हजार ९२९ जना निको भए

Thrill Factory
Rungta Group

काठमाडौं -बिहीवार पछिल्लो २४ घण्टामा थप २ हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ३७४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो । जसमध्ये ९ हजार ७०२ जनाको पीसीआर र ४ हजार ६७२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै सोही अवधिमा देशभर २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २६ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ पुगेको छ । यसैगरी, बिहीवार १ हजार ९२९ जना निको भएसँगै हालसम्म ७ लाख ५ हजार ८९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button