No Image Headlineअर्थखबर फटाफटप्रदेश
वीरगञ्जको सर्वोत्तम स्टीलमा आगलागी : १५ कामदार घाइते, ७ जनाको अवस्था गम्भीर

वीरगञ्ज- पर्साको सर्वोत्तम स्टीलमा आगलागी हुँदा १५ जना कामदार घाइते भएका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं. २८ मनियारीस्थित सो उद्योगमा बिहीबार दिउँसो भएको आगलागी भएको हो ।


आगलागीमा जलेर घाइते भएकामध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
गम्भीर घाइतेमध्ये ६ जनालाई उपचारका लागि भारतको पटना लगिएको छ । अन्यको वीरगञ्जको नारायणी वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
उद्योगको भट्टीबाट पग्लिएको फलाम लिक भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घाइते हुनेमा एक जना बारा जिल्लाका छन् । अन्य सबै भारतीय नागरिक हुन् ।