अन्तराष्ट्रिय

काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको अमेरिका र बेलायतको दाबी

Thrill Factory
Rungta Group

काठमाडौं-अमेरिका र बेलायतले काबुल विमानस्थलमा आक्रमणको उच्च जोखिम रहेको दाबी गरेका छन् ।

दुवै मुलुकले बुधवार अबेर जारी गरेको सूचनामा विमानस्थल तथा त्यसआसपासमा तत्काल नजान आग्रह गरिएको छ । सूचनामा त्यहाँ रहेकाहरुलाई पनि सम्भव भएसम्म बाहिर जान भनिएको छ ।

आफूलाई इस्लामिक स्टेटका रूपमा चिनाउँदै आएका अतिवादी समूहले पार्न सक्ने खतराबारे अमेरिकी राष्ट्रपति जो बाइडनले चर्चा गरेको २४ घण्टापछि अमेरिका र बेलायतले असुरक्षाबारे सूचना जारी गरेका हुन् ।

भिडभाडयुक्त विमानस्थलमा खटेका सैन्य कमान्डरहरू आत्मघाती विस्फोटनको सम्भावनाका कारण चिन्तित रहेको बताइएको छ । तालिबानले विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको पनि जनाइएको छ ।

काबुल विमानस्थलको सुरक्षामा करिव ६ हजार अमेरिकी सैनिक र १ हजारभन्दा बढी ब्रिटिस सैनिक खटिएका छन् ।

काबुल विमानस्थल हुँदै बाहिरिनका लागि विमानस्थल बाहिर र भित्र हजारौँ सर्वसाधारणहरू प्रतीक्षारत छन् । १० दिन अघि तालिबानले नियन्त्रणमा लिएको काबुलबाट ८२ हजारभन्दा बढीलाई हवाई मार्ग हुँदै अन्यत्रै लगिएको छ । मानिसहरूको उद्धार र बिदशी सेनालाई अगस्ट ३१ भित्र फिर्ता हुन तालिबानले समयसीमा दिएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button